Section 8
बजार सीमित गर्न नहुने
: कुनै वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने व्यक्ति वा प्रतिष्ठानले त्यस्तो वस्तु वा सेवाको उत्पादन वा वितरणको बजार सीमित (मार्केट रेस्ट्रिक्शन) गर्ने गरी कुनै कारोबार गर्न गराउन हुँदैन ।
स्पष्टीकरण : कुनै वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने व्यक्ति वा प्रतिष्ठानले तोकेको कुनै निश्चित बजारमा मात्र त्यस्तो वस्तु वा सेवा उत्पादन वा वितरण गर्ने वा त्यस्तो व्यक्ति वा प्रतिष्ठानले तोकेको निश्चित बजारमा बाहेक अन्य कुनै स्थानमा त्यस्तो वस्तु वा सेवा वितरण गरेमा सो बापत क्षतिपूर्ति शोधभर्ना माग गर्ने शर्त राखी कुनै बिक्रेता, डिलर, व्यापारी वा प्रतिष्ठानलाई त्यस्तो वस्तु वा सेवा उपलब्ध गराएमा बजार सीमित गरेको मानिनेछ ।